श्रीमतीले बच्चा जन्माएको देखेर श्रीमानलाई गम्भीर रोग लाग्यो, १ अर्ब डलर माग्दै अस्पतालविरुद्ध मुद्दा
काठमाडौं । एक व्यक्तिले अस्पतालविरुद्ध एक अर्ब डलरको मुद्दा दायर गरेका छन् । आफ्नी श्रीमतीको सि–सेक्शन प्रसूति देखेपछि आफू गम्भीर बिरामी भएको उनको आरोप छ । ती व्यक्तिले अस्ट्रेलियाको अस्पतालविरुद्ध मुद्दा हालेका छन् ।
उनको नाम अनिल कोप्पुला हो। श्रीमतीले बच्चा जन्माएको आफूले देखेको उनको आरोप छ । यसका लागि सी-सेक्शन प्रसव गरिएको थियो जुन अस्पतालका कर्मचारीले उनलाई हेर्न दिएका थिए। यो जनवरी २०१८ मा भयो। यही कुरा उनको ‘मानसिक रोग’ सुरु हुनुको कारण बन्यो ।
उनले मेलबर्नको रोयल वुमेन्स हस्पिटलविरुद्ध क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् । इण्डिपेन्डेन्ट युकेको रिपोर्टमा अदालतको कागजातलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो ।
यसमा थप भनिएको छ, ‘कोप्पुलाले आरोप लगाएअनुसार उनलाई प्रसूति हेर्न प्रोत्साहित गरिएको थियो, वा अनुमति दिइएको थियो । त्यसो गर्दा उनले आफ्नी श्रीमतीको आन्तरिक अंग र रगत देखे । उनको दाबीहनुसार अस्पतालले आफ्नो हेरचाहको कर्तव्य उल्लंघन गरेको छ र अस्पताल क्षतिपूर्ति तिर्न उत्तरदायी छ।’
अदालतमा मुद्दाको सुनुवाइका क्रममा कोप्पुलाले सुत्केरी प्रक्रिया हेर्दा मानसिक रोग मात्र नभएर विवाह पनि टुटेको बताए । महिलाको सामान्य सुत्केरी हुन नसकेमा सी-सेक्शन वा सिजेरियन अपरेसन गरिन्छ। बच्चा गलत स्थितिमा छ, आकारमा ठूलो छ, वा राम्रो स्वास्थ्यमा छैन भने पनि सी-सेक्शन गरिन्छ। अहिले यस प्रकारको डेलिभरीको प्रचलन तीव्र गतिमा बढिरहेको छ । यस क्रममा महिलाको तल्लो भागको जाँच गरिन्छ ।
अस्पतालले आफ्नो ‘हेरचाहको कर्तव्य’ उल्लंघन नगरेको बताएको छ। सुत्केरीको समयमा कोप्पुला अस्पतालमा हुँदा उनलाई कुनै हानि वा चोटपटक नभएको समेत अस्पतालले बताएको छ । अस्पतालले मुद्दाको सुनुवाइ बन्द गर्न अदालतलाई आग्रह गरेको छ । अस्पतालले ती व्यक्तिका आरोपलाई निराधार भनेको छ ।
Facebook Comment