चीनका विषयमा ताइवानको चेतावनी- स्थिति नियन्त्रण बाहिर जाने खतरा छ

काठमाडौं । ताइवानका रक्षामन्त्रीले वरपरका क्षेत्रमा चिनियाँ सैन्य गतिविधि बढिरहेको विषयमा चेतावनी दिएका छन्।
उनले भने ‘ताइवान सरकार चिन्तित छ कि सानो झिल्काले पनि ठूलो लडाईलाई प्रज्वलित गर्न सक्छ।’
ताइवानका रक्षामन्त्री चिउ कुओ-चेङले स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको बताएका छन् ।
केही समयदेखि चीनले ताइवान वरपरका क्षेत्रमा युद्धपोत, ड्रोन र लडाकु विमानहरू तैनाथ गर्दै आएको छ।
तर, चीनका यी गतिविधिहरु सैन्य अभ्यासको नाममा भइरहेको छ ।
चीनले ताइवान एउटा छुट्टिएको प्रान्त भएको दाबी गरेको छ र एक दिन उसले बल प्रयोग गर्नु परे पनि यसलाई आफ्नो मुख्य भूमिमा गाभिनेछ।
प्रतिक्रिया
Facebook Comment