कुनै पनि दललाई चुनावमा सहभागी हुनबाट रोकिने छैन : पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री

डिसी नेपाल
७ असोज २०८० १०:५९

काठमाडौं । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले आगामी निर्वाचनमा कुनै पनि दललाई सहभागी हुनबाट रोक्न नसकिने बताएका छन् ।

न्यूयोर्कमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अनवर उल हक कक्कडले पाकिस्तानको निर्वाचन आयोगले कुनै पनि राजनीतिक दलमाथि प्रतिबन्धको सूचना जारी नगरेको र कुनै पनि राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी हुनबाट नरोकिने बताए ।

कार्यवाहक प्रधानमन्त्रीले निर्वाचन आयोगले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने पनि बताए ।

उनले भने, ‘कुनै पनि राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोकिने छैन, तोडफोडको आरोप लाग्नेलाई कानुनी कारबाही हुन्छ ।’

स्वदेश फर्किएपछि नवाज शरीफको गिरफ्तारीको सम्भावनासँग सम्बन्धित प्रश्नको जवाफमा उनले भने, ‘उनीमाथि जे कानुनी कारबाही हुन्छ, हामी त्यसलाई कार्यान्वयन गर्छौँ ।’

कार्यवाहक प्रधानमन्त्रीका अनुसार ‘म लगायत कसैले पाकिस्तानको कानुन उल्लंघन गरेर जनताको जीवन र सम्पत्तिमा खतरा भएको प्रमाणित गरे वा कुनै भवनमा आगो लगाउनु आफ्नो राजनीतिक अधिकार भएको दाबी गरेमा पाकिस्तानको संविधान र कानुनले उसलाई सजाय दिनेछ । यसलाई अनुमति दिइने छैन । पीटीआई, पीपीपी वा मुस्लिम लिग (नवाज) लगायत कुनै पनि राजनीतिक दललाई यो अनुमति छैन।”

देशद्रोह र बर्बरताको आरोप लाग्नेले अदालतको सामना गर्नुपर्ने उनको भनाइ छ । कार्यवाहक प्रधानमन्त्रीले यो प्रणालीमा केही कमीकमजोरी हुनसक्ने बताए, जसलाई सुधार्ने प्रयास गरिनेछ तर यसको जवाफ यही प्रणालीभित्रै छ, प्रणालीभन्दा बाहिर केही हुँदैन ।

देशको कानुन मिच्ने र नागरिकको जीउधनमा हानी पुर्याउने र राजनीतिसँग सम्बन्धित रहेको भगरिने न्दै त्यस्ता गतिविधिलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *