ॐ  नेपालको सम्पत्ति हो  

हरिप्रसाद सोडारी
९ असोज २०८० ७:५०

ॐ लाई मान्ने, पूज्ने, उच्चारण गर्नेहरुको समूहलाई ॐकार परिवार भनिन्छ। हिन्दू, बौद्ध, जैन, शिख, किरात, बोन आदि धर्मको जरो ॐ हो। आर्यावर्तका माटो, प्राणी र प्राणसँग ॐको सम्बन्ध छ।

ॐलाई ब्रह्माण्डीय ध्वनि, ईश्वरको स्वरुप, ब्रह्मको चित्रका रुपमा लिइन्छ। ब्रम्हले अण्डाकार रूपमा सृष्टि गरेकाले यसलाई ब्रम्हाण्ड भनियो। ब्रम्हाण्डको आकार ॐ जस्तै छ। दीर्घ ‘ऊ’मा चन्द्रबिन्दु (ँ) दिएपछि झण्डै ॐ बन्छ।

चन्द्रबिन्दुमा रहेको चन्द्राकारले प्रकृति एवं प्राणीलाई एवं थोप्लो (.)ले बीज, चिन्तन, प्रकाश आदिलाई संकेत गरेको छ। यही बिन्दुबाट शून्यको विकास भयो। ॐ को स्वरूपबाट अक्षर र अंक, गणित र ग्रह, आत्मा र अन्न, ब्रम्ह र ब्रम्हाण्ड, यन्त्र र यज्ञ, चिन्तन र चेत, रहस्य र रसको सृजना हुन पुग्यो।

ॐको अगाडि स्वरूपमा ३ अंक प्रष्ट देखिन्छ। यहीँबाट ब्रम्हा, विष्णु र शंकरको परिकल्पना गरियो। ॐ आफैँमा अक्षर, बीऊ, अंक, यन्त्रको जननी हो। यसलाई दाहिनेबाट घुमाउने हो भने धेरै अक्षरहरू देखिन्छन्, बायाँबाट घुमाउँदा अंकहरू बन्छन्।

नेपाललाई आफ्नै ॐ प्रति वितृष्णा राख्ने मन्त्र कसले र किन दियो सोचनीय विषय बनेको छ। यसैले वैदिक धर्म अफिम होइन अज्ञान, अशिक्षा, अशान्तिलाई नाश गर्ने औषधि हो। भूमिलाई पुज्ने, भगवान्लाई बुझ्ने, भावीपुस्ताको भविष्यलाई सोच्ने हिन्दूधर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो।

परमात्माले ॐ सृष्टि गर्‍यो। यसैबाट सबैको जन्म हुन पुग्यो। सृष्टिलाई बुझ्न, ब्रम्हाण्डलाई जान्न ॐलाई बुझ्नुपर्छ, यसलाई धेरै विधि र तथ्यबाट चिन्तन गर्नुपर्छ। ॐको अगाडि भाग अग्लो छ। बीचमा चन्द्रविन्दु तथा लम्बाई छ।

अन्तिममा गोलाकार जस्तो बनेर टुङ्गिएको छ। यसले उत्पत्ति, पालन र विनाशलाई बताउँछ। तीन कार्यलाई बिन्दुले नियन्त्रण गर्छ। जो देखिँदैन तर प्रकृतिले यसकै साथमा काम गर्छिन्।

ब्रह्मले ब्रह्माण्डको सृष्टिपछि ब्रह्माको उत्पन्न गरी प्राणी र वनस्पतिको सृष्टि गर्ने जिम्मा दियो। ब्रह्मबाट उत्पन्न भएकाले उनलाई ब्रह्मा भनियो। तैत्तिरीय उपनिषद्ले भनेको छ-“तस्माद्वा एतस्मादात्मन आकाशः सम्भूतः। आकाशाद्वायुः। वायोरग्नि अग्निरापः। अद्भ्यः पृथ्वी। पृथ्वीव्यामं ओषधयः। ओषधिभ्योन्नम्। अन्नात्पुरुषः”

अर्थात्, त्यो परमात्माबाट पहिले आकाशको सृष्टि भयो। आकाशबाट वायु (हावा)को, वायुबाट तेज (अग्नि)को, अग्निबाट पानीको, पानीबाट पृथ्वीको, पृथ्वीबाट वनस्पतिको, वनस्पतिबाट प्राणीहरूको सृष्टि भयो। वैज्ञानिकहरूले सूर्यबाट उछिट्टिएका टुक्राहरूबाट पृथ्वीलगायतका ग्रहहरू बनेको चर्चा गरेका छन्। पृथ्वीमा वनस्पतिको उत्पत्ति भएपछि जीवको सृष्टि भयो। वनस्पति भनेको खाना हो। खाना उत्पत्ति नभई जीव कसरी बाँच्छ?

अन्तिममा जसको उत्पत्ति भयो विनाश हुँदा त्यसकै पहिले मृत्यु हुन्छ। प्राणीहरूको विनाश भएपछि प्रकृति पनि परमात्मामा लीन हुन्छिन्। प्राणीले शान्तिपूर्वक बाँच्नु छ भने प्रकृतिको संरक्षण गर्नुपर्छ, सृष्टिकर्ताप्रति विश्वास गर्नुपर्छ। प्रकृति संरक्षणका लागि ऋषिमुनिहरूले यज्ञ गर्दथे, मन्त्र साधना गर्थे, तन्त्रको अनुष्ठान गर्थे, शास्त्रको पाठ गर्थे।

विश्वको पहिलो भाषा संस्कृत, जेठो शास्त्र वेद, प्रथम अक्षर ॐ हो। वेदमा ज्ञानको भण्डार छ, ब्रम्हाण्डको इतिहास छ, विज्ञानको सागर छ, मुक्तिको बाटो छ, जीउने कला छ। जे वेदमा छैन त्यो संसारमा छैन।

वेदलाई मानिसले लेखेका होइनन् परमात्माको श्वासरूपी दिव्य ज्ञानलाई मन्त्रद्रष्टा ऋषिहरूले देखेर सङ्कलन गरेका हुन्। निरपेक्षरवः श्रुति/वेदः अर्थात्, जसलाई प्रमाणित गर्न अन्य प्रमाणको आवश्यकता पर्दैन त्यसलाई वेद भनिन्छ।

वेदलाई अन्तिम निर्णय दिने, आधिकारिक र श्रेष्ठ प्रमाण भएको शास्त्र मानिन्छ। वेद सबैको साझा सम्पत्ति हो। वेदमा भेद छैन, कसैप्रति द्वेष छैन, कोहीमाथि दमन छैन। वेद, मुन्धुम, त्रिपिटक, ग्रन्थसाहेकको जरो नै ॐ हो।

यसलाई हटाउँदा शास्त्रहरु अपुरा हुन्छन्, मन्त्रहरु लङ्गडा बन्छन्, कर्मकाण्डहरु गतिबिहीन हुन्छ र सबैधर्ममाथि कालो बादल मडारिन्छ। वेदका ऋचा, मन्त्र, कण्डिका वा अर्चिकाको शुरुमा ॐ आउँछ।

ॐको ध्वनि सुन्ने र आकार देख्ने पहिलो सौभाग्य ब्रम्हा र विष्णुलाई मिलेको थियो। ओमितीदं सर्वम् अर्थात् चराचर जगत् नै ॐ हो । ॐको अर्थ क्रमशः ब्रम्हा, विष्णु, महेश्वर र त्रिशक्ति हुन्छ अर्थात् सबै देवीदेवता, चराचर जगत्को जननी ॐ हो। यसकारण गणतन्त्रका छायाँमा लुकेर सनातनधर्म सिद्ध्याउन लाग्नेहरुले यसकारण ॐमाथि प्रहार गरेका हुन्।

गीता (८।१३) मा भनिएको छ-अर्थात्, “जो व्यक्ति ॐ यो एक अक्षर ब्रम्हाको उच्चारण गर्दछ तथा मेरो स्मरण गर्दै शरीरलाई त्याग्दछ, उसले परमगति प्राप्त गर्दछ।” ॐको उच्चारणले शरीरमा शक्ति सञ्चार गराउँछ, दिमागलाई स्फूर्त एवं स्नायुहरूलाई तन्दुरुस्त बनाउँछ।

आध्यात्मिक र शारीरिक रूपमा बलियो हुन ॐको उच्चारण गर्नुपर्छ। साधकहरूले ॐको उच्चारणबाट विभिन्न रोगहरूको उपचार, दुर्घटनाबाट छुट्करा, मनलाई नियन्त्रण गर्दछन्। मृत्युको समयमा पनि ॐको उच्चारण गरी मुक्तिको कामना गरिन्छ।

नेपालमा गणतन्त्रको महारोग फैलिएसँगै कम्युनिष्टहरू क्रिश्चियन र क्रिश्चियनहरू कम्युनिष्टजस्ता देखिए। मठमन्दिर, धर्मशास्त्र र वैदिक परम्परामा अत्यचार गर्नेको कहिल्यै कल्याण भएको छैन। अफगानीस्थानमा बुद्धका मूर्ति फोर्ने र नेपालमा १० वर्षे जनआन्दोलन गर्नेको हालत के छ? व्याख्या गर्नुपर्दैन।

ॐमात्र यस्तो अक्षर हो जसभित्र चराचर जगत् अटाउँछ र सबैलाई आरक्षण दिन्छ। त्यसैले अक्षरं ब्रम्ह परमम् भनिएको हो। यहीकारण यज्ञस्थलदेखि सामान्य पूजामण्डपसम्म ॐकार लेख्ने, पूजा गर्ने चलन छ। भगवान्, देवीदेवता, ऋषि आदिको शरीर भएकाले देखिन्छन्।

ईश्वरको आकार छैन त्यसैले व्यापक छ, सबैमा छ। ईश्वरलाई भन्ने शब्द ॐ हो, देखाउने मूर्ति शिवलिङ्ग हो। यी संरचनालाई जसले जुन रुपमा देख्छ ईश्वर त्यस्तै छ।

हाम्रा धर्म एवं ग्रन्थभित्र विज्ञान र जीवन नभए पाश्चात्यहरूले टुप्पी कसेर पढ्ने थिएनन्। तिनीहरूका विश्वविद्यालयमा संस्कृतभाषाको पढाई हुने थिएन। ब्ल्याकहोल र सूर्यबाट ॐको ध्वनि आउन, अन्तरिक्षबाट पृथ्वीमा संवाद गर्न संस्कृतभाषा चाहिने तथ्य पश्चिमाहरु बताउँछन्।

अरूको प्रगतिलाई ब्वाँसो बनेर सिद्ध्याउने, एकतालाई शकुनि भएर टुटाउने, गौरवलाई गोबर बनाइदिने प्रवृत्ति देखेर माक्र्सले क्रिश्चियनधर्मलाई अफिम भने। त्यो पगरी क्रिश्चियनको हो, युरोपियनको हो, हाम्रो होइन। हामीले तिरेको करबाट सरकारले इस्लामधर्मावलम्बीलाई हज गर्न पठाउँछ।

के कुनै हिन्दूधर्मावलम्बीलाई तीर्थाटन गर्न सरकारले रकम उपलब्ध गराएको छ? के अन्य धर्ममा यो उदारता छ? इतिहास नपढ्दा, धर्मको मर्म नबुझ्दा वर्णव्यवस्थाले वर्गव्यवस्थाको रूप लियो।

नेपालमा गणतन्त्रको महारोग फैलिएसँगै कम्युनिष्टहरू क्रिश्चियन र क्रिश्चियनहरू कम्युनिष्टजस्ता देखिए। मठमन्दिर, धर्मशास्त्र र वैदिक परम्परामा अत्यचार गर्नेको कहिल्यै कल्याण भएको छैन। अफगानीस्थानमा बुद्धका मूर्ति फोर्ने र नेपालमा १० वर्षे जनआन्दोलन गर्नेको हालत के छ? व्याख्या गर्नुपर्दैन।

हाम्रो धर्मले पूजाको माध्यमबाट शान्ति, उपासनाका माध्यमबाट सन्तोष र दानका माध्यमबाट समृद्धिमा सहयोग पु¥याएको छ। पुराण आदि लगाएर विद्यालय, बाटो, अस्पताल निर्माण गरी सरकारलाई टेवा दिएको छ। धर्मको नाश हुँदै जाँदा अहिले आत्महत्या, बलात्कार, चोरी र भ्रष्टाचारले नेटो नाघेको छ। यसको औषधि कुलधर्म र मूल संस्कृतिअनुसार जीउनु हो।

रत्नाकरलाई बाल्मीकि, मुर्खदासलाई कालीदास, अङुलीमाललाई तपस्वी बनाउने काम ॐको साधनाले गरेको थियो। गायत्रीमन्त्रमा ॐको सम्पुट गरेर खप्तड स्वामीले सिद्धि प्राप्त गर्नुभएको थियो।

अहिले घर, समाज, राष्ट्र टुटेको समयमा सरकारले नै देवस्थल, तीर्थस्थलमा ॐको साधना गर्न छोडेर किन अप्रिय बाटो हिँड्न खोज्छ उदेग लाग्छ। बाराक ओबामा हनूमान्को लकेट लगाउँछन्, ऋषि सुनक मन्त्र जप्न र हिन्दू हुनमा गौरव गर्छन् तर नेपाललाई आफ्नै ॐ प्रति वितृष्णा राख्ने मन्त्र कसले र किन दियो सोचनीय विषय बनेको छ।

यसैले वैदिक धर्म अफिम होइन अज्ञान, अशिक्षा, अशान्तिलाई नाश गर्ने औषधि हो।  भूमिलाई पुज्ने, भगवान्लाई बुझ्ने, भावीपुस्ताको भविष्यलाई सोच्ने हिन्दूधर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो।

ॐ कारप्रौढमूलः क्रमपदसहितच्छन्दविस्तीर्ण शाख ।
ऋक्पत्रः सामपुष्पो यजुरधिकफलोद्रथर्वगन्धंदधानः ।।
यज्ञच्छायासमेतोद्विजमधुपगणैँः सेव्यमानः प्रभाते ।
मध्ये सायं त्रिकालं सुचरितचरितः पातुवो वेदवृक्षः ।।

श्लोकले भनेजस्तै ॐकारयुक्त वेदवृक्षको छत्रछायाँमा बस्न रमाउने हामी रूढीवादी होइनौं र? ऋग्वेदरुपी पात, समावेदरुपी फूल, यजुर्वेद फल, अथर्ववेदरुपी सुगन्धले भरेको वृक्ष यहीँ उत्पन्न भएको थियो।

यही रुखको छायाँमा ॐको जप्न गर्नेहरुले नै बटुवाको लागि पाटी, पौवा, चौतारोको बनाइदिने, ईनार-धारा-कुवाको व्यवस्था मिलाउने, निःशुल्क गुरुकुल, विद्यालय र विश्वविद्यालय चलाएर ज्ञान बाँड्ने काम गरे।

यज्ञबाट प्रकृति, चाडपर्वद्वारा संस्कृति, कुलपूजाबाट वंशज, भूमे पूजाबाट समाज संरक्षण गर्नेलाई नेपाली वा ॐकार वादी भनिन्छ। हाम्रो धर्मको उत्पत्ति मिति नभएकाले सनातन भयो, वेदले जन्माएको हुनाले वैदिक भयो, ऋषिबाट भएकाले आर्य भयो।

माटोलाई विभूति, वनस्पतिलाई औषधि, ढुङ्गालाई देवता, पानीलाई परमात्मा बनाउन सक्ने तागत ॐले नै दियो। पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमानी सेनालाई परस्त गर्न साधनाले काम गरेको थियो अर्थात् ॐकै आशीर्वाद थियो। ॐलाई अस्वीकार गर्नु नेपाल, नेपाली र नेपालीत्वमाथि वज्र प्रहार गर्नु सरह होइन र?

इतिहास नपढ्दा, धर्मको मर्म नबुझ्दा वर्णव्यवस्थाले वर्गव्यवस्थाको रूप लियो। नेपालमा गणतन्त्रको महारोग फैलिएसँगै कम्युनिष्टहरू क्रिश्चियन र क्रिश्चियनहरू कम्युनिष्टजस्ता देखिए। मठमन्दिर, धर्मशास्त्र र वैदिक परम्परामा अत्यचार गर्नेको कहिल्यै कल्याण भएको छैन।

हाम्रो हिमालले तन्त्र दियो, हाम्रा ऋषिले मन्त्र दिए, हाम्रो प्रकृतिले यन्त्र दियो, हाम्रा माताले वीर र शहीद जन्माए यसको कारण हो यहाँ प्रकृतिले गुञ्जाइरहने ॐको ध्वनि। हाम्रा भञ्ज्याङका देवीदेउराली, पानीका नाग, बारीका भूमेलाई जगाउने यन्त्र हो ॐ।

ॐ आफैँमा महामन्त्र भएकाले यहाँ मन्त्री हुन्थे, मन्त्रालय हुन्थ्यो। ॐलाई ढोका, कोठा वा कार्यालयमा जप्ने, लेख्ने, हेर्ने गर्दा सम्म यो भाँडभैलो थिएन। ॐ नेपालका ऋषिहरुको तप, साधकहरुको जप र तत्वदर्शीको चिन्तनबाट उत्पन्न भएकाले यसलाई मित्र राष्ट्रको अक्षर होइन हाम्रो आत्मा बनाउनुपर्छ। कुनै जात र धर्मविशेषको होइन हरेक नेपालीको साझा सम्पत्ति भएको तथ्यलाई भुल्नुहुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *