पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अडियाला जेल पठाउने आदेश

डिसी नेपाल
९ असोज २०८० १३:४४

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अडियाला जेलमा सार्ने आदेश दिएको छ ।

सोमबार इमरान खानका वकिलले उनलाई अटक जेलबाट अडियाला जेलमा सार्ने माग गरेका थिए ।

यसअघि जेलमा सुविधा सम्बन्धी याचिकाको सुनुवाइ गर्दै इस्लामावाद हाईकोर्टले जब सबै अन्डरट्रायल कैदीहरू अडियाला जेलमा छन् भने इमरान खानलाई किन अटक जेलमा राखिएको छ? भनेर सोधेको थियो ।

पाकिस्तानको जेलमा तीन श्रेणीमा कैदीहरूलाई राखिन्छ। अटक कारागारको कुरा गर्ने हो भने यहाँ सी वर्ग मात्रै छ, ए र बी श्रेणी छैन ।

जेल अधिकारीहरूका अनुसार उच्चपदस्थ सरकारी अधिकारी र पूर्व केन्द्रीय मन्त्री र बढी कर तिर्ने कैदीहरूलाई ए वर्ग दिइन्छ।

जसलाई उद्धृत गर्दै इमरान खानका वकिलले उनलाई ‘ए’ श्रेणीमा राख्न अदालतसँग माग गरेका थिए ।

अदालतले इमरान खान अझ राम्रो वर्गको हकदार भएको स्वीकार गरेको छ किनभने उनी देशको प्रधानमन्त्री भइसकेका छन्।

इस्लामावाद हाईकोर्टका मुख्य न्यायाधीशले जेलको नियमअनुसार इमरान खानले आफूले पाउने सबै चीजहरू पाउनु पर्ने र उनको अधिकार खोसिएको हुन नहुने बताए।

कारागार नियमावलीअनुसार ‘ए’ वर्गका कैदीहरूलाई बस्नका लागि दुई कोठासहितको छुट्टै ब्यारेक दिइएको छ, एउटा कोठाको साइज ९ बाइ १२ फिट अर्थात् लम्बाइ १२ फिट र चौडाइ ९ फिट छ ।

ओछ्यान, एयर कन्डिसन, फ्रिज र टिभी बाहेक कैदीका लागि छुट्टै भान्साको व्यवस्था गरिएको छ । ‘ए’ वर्गका कैदीलाई पनि जेलको खाना खानुको सट्टा आफ्नै मनपर्ने खाना पकाउन दिइन्छ। यसबाहेक ‘ए’ वर्गमा बस्ने कैदीलाई दुईजना सजाय पाएको मजदुर पनि दिइन्छ।

कारागार अधिकारीका अनुसार ‘ए’ वर्गका बन्दीले घरबाटै खाना अर्डर गर्न चाहेमा पहिले सरकारको स्वीकृति लिनुपर्ने हुन्छ ।

यसका साथै यस्ता कैदीबन्दीलाई आफन्त वा साथीभाइ वा वकिलले भेट्न हप्ताको एक दिन तोकिएको भए पनि सरकारको स्वीकृति लिएर त्यस्ता कैदीबन्दीलाई थप भेट्ने समय तोकिन सक्छ ।

कारागार अधिकारीका अनुसार कैदीले चाहेमा दुवै कामदार उनीसँगै बस्न सक्छन् ।

कारागार कानुनअनुसार ‘बी’ वर्गका कैदीलाई छुट्टै कोठा र कामदार दिने व्यवस्था भए पनि कारागार अधीक्षकले चाहेमा एकबाट दुई जना कामदार राख्न सक्छन् ।

‘बी’ वर्ग पाउनका लागि गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने केही शर्त राखिएको छ ।

‘सी’ श्रेणी कारागारमा रहेका सामान्य कैदीबन्दीहरूका लागि हो, जसलाई न त घरबाट खाना अर्डर गर्न दिइन्छ न त आफ्नो शिक्षा वा पदसँग सम्बन्धित कुनै पनि सुविधा दिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *