जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ
ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।
२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्।
धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ। जिल्ला अदालतबाट उनलाई हिरासतमा राखी अनुसन्धान गर्न ७ दिन म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment