सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदालतमा थुनछेक बहस
काठमाडौं। सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो।
गत साउन ४ गते समातिएकाे ६० केजी बढीकाे साे सुन तस्करी प्रकरण र भेपमा ल्याइएकाे झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ।
प्रतिक्रिया
Facebook Comment