निसान कम्पनीले २०३० देखि युरोपमा विद्युतीय सवारी मात्रै बिक्री गर्ने
काठमाडौं । सवारी साधन निर्माता निसानले सन् २०३० देखि युरोपमा विद्युतीय सवारी मात्र बिक्री गर्ने बताएको छ ।
युनाइटेड किंगडमले सन् २०३० देखि २०३५ सम्म नयाँ पेट्रोल र डिजेल सवारी साधनको खरिदमा प्रतिबन्ध लगाउने आफ्नो योजना स्थगित गर्ने क्रममा यो घोषणा गरिएको हो ।
निसानका मालिकले कम्पनीले ‘सही कदम’ चालेको बताएका छन् । निसानले यस दशकको अन्त्यसम्ममा नयाँ ब्याट्री प्रविधि पनि ल्याउनेछ ।
यसले विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने समय र लागत दुवै घट्ने कम्पनीले जनाएको छ ।
निसानका प्रमुख कार्यकारी माकोतो उचिन्डाले भने, “निसानले २०३० सम्ममा युरोपमा पूर्ण रूपमा विद्युतीय सवारी साधनमा प्रवेश गर्नेछ। यो हाम्रो व्यवसाय, हाम्रा ग्राहकहरू र ग्रहका लागि सही छ भन्ने हाम्रो विश्वास छ।”
बीबीसीलाई दिएको अन्तर्वार्तामा माकोतो उचिन्दाले पेट्रोल र डिजेल गाडीभन्दा महँगो नहोस् भन्नका लागि ग्राहकका लागि विद्युतीय सवारी साधनको मूल्य घटाउने कम्पनीको उद्देश्य रहेको बताए ।
उनले भने, ‘केही समय लाग्न सक्छ तर अबको केही वर्षमा यो भइरहेको देख्छौं । सन् २०३० सम्ममा भाउ घट्ने हो कि भनेर सोध्दा उनले भने, ‘हामीले अपेक्षा गरेका छौं ।’
निसान बेलायतमा ब्याट्री उत्पादन गर्ने क्षमता भएको एक मात्र कार कम्पनी हो। अन्य कार उत्पादक कम्पनीहरूले चीनबाट ब्याट्री आयात गर्छन्।
Facebook Comment