पाकिस्तानका लागि अमेरिकी राजदूतको कश्मीरको भ्रमणबारे भारतका लागि अमेरिकी राजदूतले के भने ?
काठमाडौं । पाकिस्तानका लागि अमेरिकी राजदूतको पाकिस्तान प्रशासित कश्मीरको भ्रमणलाई लिएर भएको विवादबीच
भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले प्रतिक्रिया दिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार गार्सेट्टीले अमेरिकी प्रतिनिधिमण्डलले जी–२० बैठकका लागि जम्मू–कश्मीरको पनि भ्रमण गरेको बताएका छन् ।
गत हप्ता पाकिस्तानका लागि अमेरिकी राजदूत डोनाल्ड ब्लोम पाकिस्तान प्रशासित कश्मीरको ६ दिने भ्रमणमा थिए।
२० औं भारत-अमेरिकी आर्थिक शिखर सम्मेलनको छेउमा मिडियासँग कुरा गर्दै गार्सेट्टीले भने, “पाकिस्तानका लागि अमेरिकी राजदूतसँग सम्बन्धित प्रश्नको जवाफ मैले दिनुपर्दैन, तर उहाँ पहिले पनि त्यहाँ पुग्नुभएको थियो र हाम्रो प्रतिनिधिमण्डल पनि कश्मीर गएको थियो।”
तर, गार्सेट्टीले जम्मू–कश्मीरको विवाद भारत–पाकिस्तानबीच द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने र यसमा अमेरिकालगायत तेस्रो पक्ष संलग्न हुन नहुने पनि स्पष्ट पारेका छन् ।
पाकिस्तानी मिडिया रिपोर्टमा भनिएअनुसार अमेरिकी राजदूत डोनाल्ड ब्लोमले गिलगिट-बाल्टिस्तान क्षेत्रको भ्रमण गरेका थिए र त्यहाँका स्थानीय मानिसहरूसँग पनि कुराकानी गरेका थिए।
Facebook Comment