गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सको आज पनि प्रदर्शन

डिसी नेपाल
१० असोज २०८० १३:३०

काठमाडाैं। गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

आफूहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।

आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ।

आन्दोलनरत चिकित्सकहरुले हामी स्वास्थ्यकर्मी एक हौं, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, हजुरको आसु हामीले हेर्ने, हाम्रो आसु कस्ले हेर्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

चितवन पोखरा लगाएतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *