चीनले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सैन्य निर्माण गरिरहेको दाबी
काठमाडौं । भारतका लागि अस्ट्रेलियाका उच्चायुक्तले चीनले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सैन्य निर्माण गरिरहेको दाबी गरेका छन् । उनको दाबीअनुसार चीनले यो निर्माण आफ्नो रणनीतिक उद्देश्यबारे कुनै स्पष्टीकरण नदिईकन गरेको छ ।
फिलिप ग्रीनले अष्ट्रेलियाले कठिन समयपछि चीनसँगको सम्बन्धलाई स्थिर बनाउन प्रयास गरिरहेको बताए। समाचार एजेन्सी पीटीआईका अनुसार कोलकातामा भइरहेको अष्ट्रेलिया र भारतको संयुक्त कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
तीन वर्षको तनावपछि अस्ट्रेलिया र चीनबीच उच्चस्तरीय वार्ता यही महिना पुनः सुरु भएको ग्रीनले बताए। उनले भने – “तर हामीले संसारमा जे देख्छौं त्यसलाई स्वीकार गर्नुपर्छ। यी मध्ये एक सत्य यो सैन्य निर्माण र अस्थिरता सिर्जना गर्ने सम्भावना हो।”
प्रतिक्रिया
Facebook Comment