जुवाडेले आफू क्यान्सर पीडित भएको भन्दै ढाँटेर जुवा खेल्न लाखौं चन्दा उठाए

काठमाडौं । एक जना जुवाडेले आफू क्यान्सर पीडित भएको भन्दै झुट बोलेर जुवा खेल्नको लागि लाखौं चन्दा उठाएको खुलेको छ । अमेरिकाको क्यालिफोर्नियाका रोबर्ट मर्सर नामक व्यक्ति आफैंले सबै कुरा स्वीकार गरेका छन् ।
रोबर्टले जुवा खेल्नका लागि मात्र लाखौंको चन्दा सङ्कलन गरे। उनले गोफण्डमी अभियानबाट मद्दत लिए। रोबर्टले गोफण्डमी पेजमा लेखे- ‘म पोकर खेलाडी हुँ । लस भेगासमा हुन लागेको वर्ल्ड सिरिज पोकर मेन इभेन्टमा खेल्ने मेरो सपना सधैं थियो । मैले यस वर्ष अगस्टमा मलाई स्टेज ४ कोलोन क्यान्सर छ र लामो समय बाँच्ने छैन भन्ने थाहा पाएँ । त्यसैले म यो इभेन्टमा अन्तिम पटक खेल्न चाहन्छु। मलाई सहयोग गर्नुहोस्।’
यो पोस्ट मार्फत उनले अभियान मार्फत करिब १२ हजार २५ डलर (लगभग १६ लाख रुपैयाँ) चन्दा पनि संकलन गरे । तर अब उनले ठूलो खुलासा गरेका छन् र लस भेगास रिभ्यु जनरललाई यो सबै झूट थियो भनेका छन् ।
उनले अखबारलाई भने ‘मैले क्यान्सरको बारेमा झूट बोलें। मलाई कुनै क्यान्सर छैन। मैले यो सबै पैसा उठाउनको लागि गरें। मैले यो गर्नु हुँदैनथ्यो।’
पत्रिकाका अनुसार मर्सरले जुनमा गोफण्डमी सुरु गरेका थिए । तर केही महिनापछि पोकर समुदायका मानिसहरूले मर्सरको कुरामा शंका गर्न थाले। यसपछि उनले आफ्नो झुटको खुलासा गरे । त्यसपछि उनी प्रतियोगिताबाट बाहिरिए ।
गोफण्डमी प्रवक्ता जेफ प्लाटले मर्सरको स्वीकारोक्ति पछि अनलाइन कोष हटाइएको बताए। “गोफण्डमी हाम्रो प्लेटफर्मको दुरुपयोगको लागि शून्य सहनशीलता अपनाउँछ र हामी मार्फत जनताको दयाको फाइदा उठाउनेहरू विरुद्ध कारबाही गर्नेछ,” प्लाटले एक विज्ञप्तिमा सीएनएनलाई भने।
उनले थपे “सबै दाताहरूलाई पैसा पूर्ण रूपमा फिर्ता गरिएको छ। र रोब मर्सरलाई स्थायी रूपमा कोष सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ।” प्लाटका अनुसार गोफण्डमीले रोब विरुद्धको मुद्दाको कानुनी अनुसन्धानमा पनि सहयोग गरिरहेको छ।
Facebook Comment