२६ वर्षदेखि खाली छ यो ‘भूत टावर’, ४९ तले भवनको यस्तो छ रहस्य
काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा रहेको ४९ तले भवन विगत २६ वर्षदेखि खाली छ । करिब २६ वर्षसम्म पूर्ण रुपमा खाली रहेपछि यो साथोर्न युनिक टावरको नाम ‘भूत टावर’ राखिएको छ । यस टावरको वास्तुकला भव्य छ तर विडम्बना यो भवन पूरै जीर्ण र बेकार भएको छ। यसको मूल्य ४० मिलियन पाउण्ड भन्दा बढी छ।
यो भवन सन् १९९० मा निर्माण सुरु भएको थियो । विकासकर्ताहरूले धनी थाई परिवारहरूका लागि ४९ तलाको लक्जरी कन्डोमिनियम दिने वाचा गरे। तर, सात वर्षपछि सन् १९९७ मा एसियाली आर्थिक संकटका कारण यसको काम एक्कासि रोकियो । भूत टावर लगभग ५०० निर्माण परियोजनाहरू मध्ये एक थियो जुन बन्द गर्न बाध्य हुनुपरेको थियो।
यद्यपि धेरै अन्य परियोजनाहरू फेरि सुरु भइसकेका छन्, साथोर्न युनिक भग्नावशेषमा परिणत भएको छ। अब यो भवन शहरी भ्लगरहरू माझ प्रख्यात छ जो सामाजिक सञ्जाल सामग्री सिर्जना गर्न यस भवनमा चढ्छन्।
सन् २०१४ मा सुरक्षाका कारणले १८५ मिटर अग्लो टावर चढ्न प्रतिबन्ध लगाइए पनि मानिसहरूले भवनको माथि र भित्रबाट तस्बिर र भिडियोहरू अनलाइन सेयर गरेको देखिन्छ।
साथोर्न युनिक वास्तुकला र सम्पत्ति विकासकर्ता राङ्सन टोरसुवान द्वारा डिजाइन गरिएको थियो । निर्माण सुरु गरेको ३ वर्षमृ उनीमाथि थाइल्याण्डको सर्वोच्च अदालतका अध्यक्ष प्रामसन चान्सुको हत्याको षड्यन्त्र गरेको आरोप लाग्यो । मुद्दा १५ वर्षसम्म चल्यो र उनी २००८ मा दोषी ठहरिए ।
त्यसपछि उनका छोरा पनसितले उक्त परियोजनाको जिम्मा लिए । टोरसुवानलाई २०१० मा कथित अपराधबाट सफाइ दिइयो। त्यसपछि, डिसेम्बर २०१४ मा एक स्विडेनी व्यक्तिको शव भवनको ४३ औं तलामा झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसपछि, २०१५ मा प्यानसिटले टावरमा अतिक्रमण गर्ने मानिसहरूको बढ्दो संख्यालाई सम्बोधन गर्न सुरक्षा गस्ती बढाउने घोषणा गर्यो।
दुई वर्ष पछि २०१७ मा यो भवनको विषयमा द प्रमिस नामको हरर फिल्बनाइयो। यो फिल्ममा यो भवन पहिले चिहान रहेको ठाउँमा निर्माण गरिएको हुनाले यो टावर प्रेतवाधित हुन सक्छ भनिएको थियो । अहिले न त यसको काम अघि बढेको छ, न कुनै योजना बनिरहेको छ ।
Facebook Comment