रोल्पा सुनवाङमा परिणत भएको रवि लामिछानेको आरोप
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले रोल्पा सुनवाङमा परिणत भएको आरोप लगाएका छन्।
काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले रोल्पा जाँदा त्यहाँका जनताले विगतको रोल्पाजस्तो नभएर सुनवाङमा परिणत भएको गुनासो गरेको बताए।
उनले भने, ‘रोल्पामा आज लिवाङ, थवाङ नभएर सुनवाङमा परिणत भएको त्यहाँका जनताले गुनासो गरे । उनीहरुले हाम्रा नेता सुन काण्डमा मुछिएर रोल्पालाई सुनवाङ बनाएको गुनासो गरे।’
माओवादीको दश वर्षे जनयुद्धको उद्गम थलो रोल्पा हिजोको विरासत गुमाएर जनताको अपेक्षामाथि घात गरेको उनले आरोप लगाए ।
प्रतिक्रिया
Facebook Comment