पृथ्वीनारायण शाह जनताका राजा

खगेन्द्रराज सिटौला
१२ असोज २०८० १२:५६

पृथ्वीनारायण सबै किसिमले जनताका राजा थिए। यसलाई प्रमाणित गर्ने केही आधारहरुबारे छलफल चलाउन याहाँ कोशिस गरिएको छ।
पृथ्वीनारायण जनतामा जान्थे जनताका कुरा सुन्थे जनतामा घुलमिल हुन्थे र जनताबाट सिक्थे।

उनमा कुनै राजाको घमण्ड थिएन। उनमा एक राजनेताको विनम्रता थियो। उनीसँगा यस्ता धेरै पात्रहरुसँग जोडिएका विवरणहरु छन् जसले माथिको भनाईलाई समर्थन दिएको दिएको हुन्छ। केही दृष्टान्तहरु हेरौं तल।

ती मध्ये एउटा उनी सम्बन्धित चर्चित कथा छ। उनी कुनै जनताको घरमा खाना खान पुगेका रहेछन् गोरखा राज्यदेखि बाहि । उनलाई एकजना पाको महिलाले खाना पस्किएर दिएकी थिइन्। उनले मकैका च्याख्लाको तातो भात पस्किरहेकी थिइन्।

उनले पस्किएर पृथ्वीनारायण शाहतिर थाल राखिदिइन्। पृथ्वीनारायणले एकैपल्ट बीचबाट हातले भातको गाँस टिप्न के लागेका थिए तातो भातले उनको हात पोलेर आथाथा भन्दै हातबाट भात थालमा खसाल्न पुगे। भातको गाँस मुखमा हाल्न सकेनन्।

खान दिने ती पाकी महिलाले भनिन् याी नानी त गोरखाका राजा पृथ्वीनारायण जस्तै मुर्ख रहेछन्। आफूलाई मूर्ख भनेपछि पृथ्वीनारायणलाई आफ्नो बारेको यो मूल्यांकनले चासो जगायो र कारणप्रति उत्सुक बनायो।

उनले सोधे आमा किन गोरखाको राजा पृथ्वीनारायण मूर्ख लाग्यो तपाइलाईं? उनले छेउछेउबाट लडाईं जित्दै लानुपर्ने एकैपटक बीचमा आक्रमण गर्दा हारे। तिमीले पनि भात खादा यस्तै गल्ती गरेकोले भनेको।

पृथ्वीनारायणले यी आमैलाई मनमनै गुरु माने र युद्ध नीति बदल्ने अठोट गरे। मलाई मूर्ख भन्ने यो बुढी भनेर प्रतिशोधको भावना जगाएनन्। आमैले दिएको तातो भात नीतिलाई युद्ध नीतिमा रुपान्तरण गरेपछि पृथ्वीनारायणलाई लक्ष्यमा अघि बढ्न धेरै सहज भएर गएको थियो। उनले तातो भात नीतिलाई अनुशरण गर्दै छेउबाट चुँड्दै र घेराबन्दी गर्दै अघि बढ्दै गए।

राजा पृथ्वीनाराययालाई एकीकरण अभियानलाई अघि बढाउन पैसाको अभाव थियो। पैसाको समस्या समाधान गर्ने उपाया खोज्न, ऋण दिने साहु खोज्न भनेर राजा पृथ्वीनारायण शाह दरबारको विश्वासिलो सुचिकार बिसे नगर्चीलाई भेट्न उनैको घरमा झर्छन्।

यसले पनि पृथ्वीनारायणको जनशैली जाहेर गर्दछ। उनले बिसे नगर्चीलाई दरबारमा नै लिएर आउन कसैलाई पठाउन सक्थे। तर त्यसो गरेनन्। उनी आफैं झरे।

बिसे नगर्चीले दिएको सुझाव हरेक घर धुरीबाट रु एक उठाउने पनि लागू गरेर एकीकरण अभियान अगाडि बढाए। यसले पनि पृथ्वीनारायण शाह सामन्ती अहंकार रहित जनताका राजा हुन् भन्ने प्रमाणित गर्दछ। जनताको राजाले जनतालाई गुरु मान्छ भन्ने यहाँ पृथ्वीनारायण शाहले प्रमाणित गरेका छन्।

कान्तिपुरका राजा जगत्जय मल्लले निष्कासन गरेका सैनिक अधिकृत जगतसिंह राई पृथ्वीनारायण शाहलाई भेट्न अनेक खाद्य कोशेली उपहार लिएर गएका थिए। मैले जे जस्तो पाएँ त्यही लिएर आएँ सरकार भनेछन्।

पृथ्वीनारायण शाहले उनको उपहार खुशीसाथ ग्रहण गर्दै भनेछन्-“जगतसिंह तिम्रा राजा जयप्रकाश मल्ल या मल्ल राजा जस्ता मलाई कुनै राजसी खाना र विलासी परिकार चाहिँदैन। म पनि डाँडाकाँडा पाखापर्वतमै हुर्किएको हुँ तिमीहरुले खाएजस्तै मकै,रोटी,ढिंडा,े पिठो, मही, खट्टे इत्यादि खाएरै आएको हुँ ”।

यसले पनि खानपिन रहनसहन जीवनशैली सबैले पृथ्वीनारायणको साधरण जीवनशैली र व्याक्तित्व भने असाधरण जाहेर गर्दछ।
पृथ्वीनारायण शाहको भेषभुषा या पहिरन साधरण थियो भन्ने उनको भनाइले जाहेर गर्दछ।

उनी तडकभडक फेसनमा फसेका थिएनन् भन्ने उनको निम्न भनाइले जाहेर गर्दछ। “हामीले च्यांगा पांगालाई तीन शहर नेपाल र नौलाख किरायत र हिन्दुपतिको राज आज्र्या थ्येउ”।

यसले पनि जाहेर गर्दछ कि पृथ्वीनारायण को पहिरन जनसाधरणसँग तालमेल हुने खालको थियो। उनले आप्mनै साधरण स्वदेशी उत्पादन लगाएर असाधरण किसिमको नेपाल एकीकरण गरेकोमा गर्व गरेका छन्।

आफूलाई जनताभन्दा माथि र भिन्न कहिल्यै बनाएका थिएनन् भन्ने उनको पहिरन शैलीले पनि जाहेर गर्दछ। पहिरनले पनि पृथ्वीनारायण शाह जनताका राजा थिए भनेर प्रमाणित हुन्छ।

उनको च्यांगा पांगा भनेको गोरखामा भेडाको उनले बनेका खस्रो घरबुना कपडा हो। यो साधरण पहिरनले उनलाई जनताको राजा हुन र जनतसँग घुलमिल हुन सहज बनाएको थियो। स्वदेशी उत्पादन मोह उनको स्वदेशवादी आर्थिक नीतिसँग पनि जोडिएको थियो।

एकीकरणको दौरानमा मात्र होइन कि पछि उनको जीवनको अन्तिम कालमा पनि स्वदेशी कपडाको गुणस्तर सुधार्न र स्वदेशी उत्पादन नै प्रयोग गरेर नगद बाहिर जानबाट रोक्नुपर्ने नीति विचार अघि सारेर उनले आफूलाई देश र जनताप्रतिको इमान्दार र जिम्मेवार राजाको रुपमा प्रमाणित गरेका थिए।

पृथ्वीनारायण जनताका राजा भएकोले उनको जीवनशैली मात्र जनस्तरको थिएन कि उनको चिन्तनधार पनि जनकेन्द्रीत थियो। अर्थात उनी जनतालाई केन्द्रमा राखेर सोचेका हुन्थे हरदम। प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्ने उकको कालजयी विचारले यसैलाई जाहेर गर्दछ।

जनता बलियो भए राज्य र राज्यको नेतृत्व केन्द्र स्वत बलियो हुन्छ भन्ने उनको यो चिन्तन स्वत जनता केन्द्रीत चिन्तन हो।
यो नेपाल सबै जातको फूलबारी हो पनि आफैमा जनतालाई केन्द्रमा राखिएको विश्वव्यापी सान्दर्भिक भइरहने चिन्तनधार हो। त्यस्तै दुनियाँले

जसलाई चाहान्छन् उसैलाई नेतृत्व दिने नीति पनि जनतालाई केन्द्रमा राखेर अथवा जनमतलाई शिरोपर गरेर अघि बढ्ने नीति नै हो।
पृथ्वीनारायण चिन्तन व्यवहार र जीवनशैली सबै किसिमले जनताका राजा हुन्।

जनताका राजा भएका कारणले नै उनले जनताको साथले नै पृथकतावादी सामन्ति मानसिककतालाई तोड्दै जनतालाई जोड्दै एकैपटक जनताको भावना र भूगोल जोडेर विशाल नेपाल बनाउन र त्यसलाई टिकाउने आधार समेत दिन सफल भएका हुन्।

जनताको विश्वास जित्नु भनेको सबैथोक जित्नु हो भन्ने बुझेका पृथ्वीनारायणले जनताको शक्तिलाई पनि त्यसरी नै विश्वास गरेर जनताको शक्तिमा आफूलाई मात्रै होइन कि राज्य नै स्थापित गर्न सफल भएको रहस्य पनि यही हो ।

नत्र सानो,गरिब र अरुको आँखाले कमजोर देखेको गोरखामा सबै तागत भएको प्रमाणित गर्न पृथ्वीनारायण सफल हुदैनथे। जनतालाई केन्द्रमा राख्ने चिन्तन र जनशैली सबैले पृथ्वीनारायणबाट सिक्नुपर्दछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *