अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । नायक अनमोल केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरको साँगाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीको टोलीले पक्राउ गरेको हो । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेको तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँडेपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन् । त्यसको आधारमा पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया
Facebook Comment