विश्वकपअघि बंगलादेशका कप्तान शकिब अल हसन र तमिम इकबालबीच विवाद

डिसी नेपाल
१३ असोज २०८० १०:१७

काठमाडौं । बंगलादेशका कप्तान शकिब अल हसनले ब्याट्सम्यान तमिम इकबालको आलोचना गर्दै उनलाई ‘केटाकेटी जस्तो’ भनेका छन् ।

विश्वकप क्रिकेट खेल्न बंगलादेशको टोली बुधबार भारत पुगेको थियो । यसभन्दा एक दिन अगाडि क्रिकेट टोलीको घोषणा गरिएको थियो र त्यसमा ब्याट्सम्यान तमिम इकबालको नाम थिएन ।

उनले फिटनेस समस्याका कारण टोलीमा स्थान नपाएको चयनकर्ताले बताएका छन् । धेरै फ्यानले यसका लागि कप्तान शकिब अल हसनलाई जिम्मेवार ठानेका छन् ।

अब बंगलादेशका कप्तान शकिब अल हसनले ढाकाको टिभी च्यानल ‘टी–स्पोर्ट्स’ लाई दिएको अन्तर्वार्तामा तमिम इकबाललाई टोलीबाट बाहिर राख्नमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

हसनले ब्याटिङ क्रम परिवर्तन गर्ने विषयमा तमिमसँग कुनै छलफल नभएको दाबी गरे । तर, टोलीका कुनै पनि खेलाडीको क्रम परिवर्तन गर्न कुनै समस्या नभएको पनि उनले बताए ।

उनले भने, “यसमा केही गल्ती छ जस्तो लाग्दैन। कसैले आफ्नो इच्छाअनुसार सबै कुरा पाउनुपर्छ भन्ने मलाई केटाकेटी जस्तो लाग्छ। टिम पहिलो हो कि व्यक्ति ?”

यस क्रममा शकिबले भारतीय टोलीका कप्तान रोहित शर्माको प्रसंग पनि उल्लेख गरेका छन् । उनले रोहित शर्माजस्ता खेलाडीले आफ्नो करियर सातौं नम्बरबाट ओपनरमा सुधार गरेको र अहिले आफ्नो नाममा १० हजार रन बनाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *