माल्दिभ्समा राष्ट्रपतिको निर्वाचन जारी, मुख्य भिडन्त भने छिमेकी देश भारत र चीनको
काठमाडौं । माल्दिभ्समा राष्ट्रपतीय निर्वाचनका लागि आज दोस्रो दिन मतदान हुँदैछ । यो चुनावको नतिजाले यो टापु देशमा चीन र भारतमध्ये कसको प्रभाव बढी छ भन्ने कुरा स्पष्ट हुने विश्वास गरिएको छ ।
वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले पुनः निर्वाचित हुनका लागि जनादेश खोजिरहेका छन् भने अर्कोतर्फ उनले विपक्षी उम्मेदवार मोहम्मद मुइज्जुको कडा चुनौतीको सामना गरिरहेका छन्।
राष्ट्रपति सोलिहलाई भारतसँगको माल्दिभ्सको घनिष्ठ सम्बन्धको समर्थक मानिन्छ भने मुइज्जुलाई यसको विपरीत चीनको समर्थकको रूपमा हेरिन्छ।
मुइज्जुले पहिलो चरणको मतदानमा अग्रता लिएका थिए तर चुनाव जित्न आवश्यक समर्थन जुटाउन असफल भए।
चीन र भारत दुवैले माल्दिभ्सलाई रणनीतिक रूपमा महत्वपूर्ण सहयोगीका रूपमा हेर्छन्। माल्दिभ्समा दुवै देशले ठूलो लगानी गरेका छन् ।
Facebook Comment