ट्रम्प र उनका समर्थकहरू लोकतन्त्रका लागि खतरा : जो बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले अमेरिकी संविधानलाई नष्ट गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
रिपब्लिकन नेता जोन म्याककेनको सम्मानमा आयोजित कार्यक्रममा बाइडेनले पूर्व राष्ट्रपति र उनका समर्थकहरू लोकतन्त्रका लागि खतरा भएको बताए ।
बाइडेन सरकारको कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्ने बारे कुनै स्पष्ट योजना छैन। यस संकटको बीचमा बाइडेनले रिपब्लिकन पार्टी अतिवादीहरूसँग डराएको बताएका छन्।
उनले ट्रम्पको पुनः चुनावको अभियान प्रतिशोधबाट प्रेरित भएको बताए ।
प्रतिक्रिया
Facebook Comment