पेरिसमा हुने ओलम्पिकमा हिजाब लगाउने सम्बन्धमा महत्वपूर्ण निर्णय

डिसी नेपाल
१३ असोज २०८० १४:४२

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आगामी वर्ष हुने ओलम्पिक खेलहरूमा ओलम्पिक भिलेजमा हिजाब लगाउन प्रतिबन्ध नहुने बताएको छ ।

अर्को वर्ष फ्रान्समा ओलम्पिक खेल हुनेछन् र फ्रान्सका खेलाडीलाई हिजाब लगाउन प्रतिबन्ध लगाइएको छ ।

फ्रान्सका खेलकुद मन्त्री एमिली ओडे क्यास्टेराले धर्मनिरपेक्षताको सिद्धान्तको सम्मान गर्दै आफ्नो देशमा हिजाबमाथि प्रतिबन्ध लगाइएको बताएकी छन् ।

तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२४ मा हुने पेरिस ओलम्पिकमा सहभागी अन्य देशहरूको हकमा हिजाबमाथि प्रतिबन्ध लगाउने नियम लागू नहुने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ताले भने, “ओलम्पिक भिलेजमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको नियम मात्र लागू हुनेछ। यहाँ हिजाब वा कुनै धार्मिक-सांस्कृतिक पोशाक लगाउन कुनै प्रतिबन्ध छैन। तर खेलकुदमा भने अन्तर्राष्ट्रिय महासंघको विद्यमान नियम मात्र लागू हुनेछ ।

हिजाब लगाउने खेलाडीमाथि लगाइएको प्रतिबन्धको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आलोचना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *