टर्कीको राजधानी अंकारामा संसद भवन नजिकै विस्फोट

काठमाडौं । टर्कीको राजधानी अंकारामा आइतबार संसद भवन नजिकै विस्फोट भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मामिला मन्त्रीले मन्त्रालयको भवन बाहिर दुई आतङ्ककारीले आक्रमण गरेको बताए । जवाफी कारबाहीमा एकजना मारिएका छन्, अर्काले आफैंलाई विस्फोट गराएका छन्।
आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताए । समाचार एजेन्सी एएफपीका अनुसार संसद भवन नजिकै विस्फोट भएको हो ।
टर्कीको आन्तरिक मामिला मन्त्रालयले भनेको छ, “आइतबार बिहान ९.३० बजे दुई आतङ्ककारी संदिग्ध गाडीमा आएर मन्त्रालयको गेट नजिकै बम विस्फोट गराए।” थप जानकारीको प्रतीक्षा छ।
प्रतिक्रिया
Facebook Comment