भारतको सूर्य मिशन आदित्य एल-१ पृथ्वीको प्रभाव क्षेत्रबाट बाहिर पुग्यो

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार आदित्य एल-१ को अपडेट दिएको छ। भारतको यो सूर्य अभियानले अहिलेसम्म पृथ्वीबाट ९.२ लाख किलोमिटरको कीर्तिमान दूरी पार गरेको बताइएको छ ।
इसरोले अब आदित्य एल-१ पृथ्वीको प्रभावबाट बाहिर निस्किएको बताएको छ । इसरोको कुनै पनि मिशन पृथ्वीको प्रभाव क्षेत्रबाट बाहिर गएको यो दोस्रो पटक भएको पनि जानकारी दिइएको छ ।
पहिलो पटक मार्स अर्बिटर मिशनको समयमा पनि अर्बिटर पृथ्वीको प्रभाव क्षेत्रबाट बाहिर गएको थियो । अब आदित्य एल-१ सूर्य र पृथ्वीको लेगरेन्ज बिन्दु १ (एल-१) तर्फ जाँदैछ।
प्रतिक्रिया
Facebook Comment