सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार सूरू
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।
आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सिटिजनको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार सुरु हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँसम्म तोकेको थियो ।
‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७५ लाख कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।
प्रतिक्रिया
Facebook Comment