भारतको स्कुलको कार्यक्रममा जर्मनीको राष्ट्रपति भवनको फोटो, राजदूतले पोल खोलिदिए

डिसी नेपाल
१४ असोज २०८० १५:४३

काठमाडौं । भारतका चर्चित बोर्डिङ स्कुलको मेगा इभेन्टको विज्ञापन अहिले चर्चामा छ । वास्तवमा पत्रिकामा छापिएको यो विज्ञापन कुनै राम्रो कुराले होइन तर ठूलो गल्तीका कारण भाइरल भइरहेको छ ।

दिल्लीको एउटा अखबारमा प्रकाशित यो विज्ञापनमा विद्यालयका बालबालिकाका अभिभावकहरूलाई “भारतका प्रमुख बोर्डिङ स्कूलहरूको ठूलो कार्यक्रममा” आमन्त्रित गरिएको थियो।

भारत र भुटानका लागि जर्मन राजदूत डा. फिलिप एकरम्यानले तस्बिरमा भएको त्रुटिलाई हाइलाइट गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले आफ्नो पोस्टमा विज्ञापनमा देखाइएको भवन बोर्डिङ स्कूल नभई बर्लिनमा रहेको जर्मन राष्ट्रपतिको आधिकारिक निवास रहेको बताए ।

उनले विज्ञापनको फोटो सेयर गर्दै लेखेका छन्, “प्रिय भारतीय अभिभावकहरू – मैले यो आजको पत्रिकामा फेला पारें। तर यो भवन बोर्डिङ स्कूल होइन ! यो बर्लिनमा रहेको जर्मन राष्ट्रपतिको निवास हो। यो हाम्रो राष्ट्रपति भवन हो। जर्मनीमा पनि राम्रो चीजहरू छन्। त्यहाँ बोर्डिङ स्कूलहरू छन् – तर यहाँ कुनै पनि बच्चालाई भर्ना गरिने छैन।” यो पोस्ट पछि, धेरै मानिसहरूले यसमा टिप्पणी गरे, नक्कली तस्वीर साझा गरेकोमा विज्ञापनदाताहरूको खिल्ली उडाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *