बेपत्ता भएको १८ महिनापछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

डिसी नेपाल
१५ असोज २०८० ११:२०

पोखरा। बिगत १८ महिनादेखी हराएका एक बृद्धको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिनापछि भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे–७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।

हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *