बजेटमा कुनै व्यवस्था नभए पनि सैन्य सहयोग जारी रहने युक्रेनलाई अमेरिकाको वाचा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग जारी राख्ने वाचा गरेका छन् ।
शटडाउन रोक्नको लागि अमेरिकी संसदले पारित गरेको विधेयकमा युक्रेनलाई सहयोग गर्न सैन्य कोषको व्यवस्था छैन। तर जो बाइडेनले भनेका छन् ‘युक्रेनले अझै पनि अमेरिकाको सहयोगको आशा गर्न सक्छ।’
उनले भने, “हामी कुनै पनि हालतमा युक्रेनलाई अमेरिकी सहयोग रोक्न सक्दैनौं।”
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले गरेको आक्रमणपछि अमेरिकाले अहिलेसम्म ४६ अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराएको छ । संघीय शटडाउन रोक्न अमेरिकी संसदमा अन्तिम समयमा पारित भएको विधेयकमा युक्रेनलाई प्रस्तावित ६ अर्ब डलरको सैन्य सहायता समावेश गरिएको थिएन।
शटडाउन हटाउन विधेयक पारित नभएको भए भने संघीय सरकारको काम ठप्प हुने थियो । बजेट अभावमा संघीय सरकारको प्रशासनिक काम र सेवा ठप्प हुने थियो र हजारौं कर्मचारी तलब नलिई घरमै बस्न बाध्य हुने थिए ।
Facebook Comment