ट्रम्प अदालतमा पुनः हाजिर, भन्छन्, ‘मुद्धामा अल्झाएर चुनावी अभियानमा राेक्न खाेजियाे’

डिसी नेपाल
१६ असोज २०८० ८:३४

न्युर्योक। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या अझै रोकिएको छैन।

हिजोबाट उनीविरुद्ध नागरिक ठगी मुद्दामा सुनुवाइ सुरु भएको छ। सोमबार उनी न्युयोर्कको अदालतमा हाजिर हुन पुगेका थिए। अदालतबाट बाहिर आएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि राजनीतिक हमला भएको जिकिर गरेका छन्। उनका अनुसार यसको उद्देश्य उनलालाई चुनावी प्रचार प्रसार गर्न जानबाट रोक्नु हो।

डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित हुनु परेका कारण न्यु ह्याम्पशायर, साउथ क्यारोलिना र अन्य ठाउँमा चुनाव प्रचार गर्न जान नसकेकाेमा निराशा व्यक्त गरेका छन्।

ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरुको योजना सफल भएकोसमेत बताएका छन्। उनीले अाफूलाइ प्रचारप्रसार गर्नबाट रोक्न बिपक्षीहरू सफल भएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

किनभने दिनभर अदालत मै बिताउनु परेका कारण पूर्वनिर्धारित योजना अनुसार ट्रम्प चुनाव प्रचार प्रसारमा जान पाएनन्। दिनभर अदालतमा बसेका कारण चुनावी प्रचारका लागि न्यु ह्याम्पशायर, साउथ क्यारोलिना र अन्य ठाउँमा जान नपाएको ट्रम्पले बताएका छन्।

जब डोनाल्ड ट्रम्पलाई सोधिएको थियो कि मंगलबार पुनः हाजिरीका लागि अदालतमा आउन सक्नु हुन्छ? यो प्रश्नको जवाफमा पूर्व राष्ट्रपतिले आफू अदालतमा आउन रुचाउने ब्यक्ति नभएको बताए। बरु आफु चुनावी प्रचार गर्न रुचाउँने भएकाले त्यता जान चाहेको बताएका थिए।

अदालतको जारी सुनुवाइको क्रममा न्यूयोर्कका महान्यायाधिवक्ता र ट्रम्पका लामो समयदेखि लेखापाल रहेका डोनाल्ड बेन्डरलाई पहिलो साक्षीको रुपमा बोलाइएको थियो। ती पूर्वलेखापालले सन २०११ को आर्थिक कागजातको बारेमा बयान दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *