युक्रेनमा सेना पठाउने आफ्ना रक्षामन्त्रीको भनाइपछि बेलायती प्रधानमन्त्री के भन्छन् ?

डिसी नेपाल
१६ असोज २०८० १२:४२

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आइतवार युक्रेनमा सैन्य प्रशिक्षक तैनाथ गर्ने आफ्नो तत्काल कुनै योजना नभएको बताएका छन् । आफ्ना रक्षामन्त्रीको भनाइबाट एक कदम पछि हट्दै उनले एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

वास्तवमा, अहिलेसम्म बेलायत र यसका सहयोगीहरूले रुससँग प्रत्यक्ष युद्धको जोखिम कम गर्न युक्रेनमा औपचारिक रूपमा सेना पठाउनबाट जोगिएका छन्। तर बेलायती रक्षामन्त्रीको भर्खरैको अन्तर्वार्ताले यो हल्लालाई तीव्र बनाएको छ।

केही महिनाअघि बेलायतको रक्षामन्त्री बनेका ग्रान्ट शाप्सले एउटा पत्रिकासँगको अन्तर्वार्तामा युक्रेनी सशस्त्र बललाई बेलायत वा अन्य पश्चिमी मुलुकमा तालिम दिनुका साथै युक्रेनमा सैन्य प्रशिक्षक तैनाथ गर्न चाहेको बताएका थिए ।

तर, यो अन्तर्वार्ता प्रकाशित भएको केही घण्टापछि प्रधानमन्त्री सुनकले युक्रेनमा बेलायती सेना पठाउने तत्काल कुनै योजना नभएको बताए ।

म्यानचेस्टरमा सत्तारुढ कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको शुरुवातमा सञ्चारकर्मीसँग कुरा गर्दै सुनकले भने, “भविष्यमा एक दिन हामीले युक्रेनमा केही तालिम दिन सक्ने सम्भावना छ भन्ने रक्षामन्त्रीको आशय हो । हालको युद्धमा लड्न पठाइने कुनै पनि ब्रिटिश सैनिकहरू छैनन्।”

यसअघि पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले आइतवार भनेका थिए “युक्रेनमा युक्रेनी सेनालाई प्रशिक्षण दिने कुनै पनि बेलायती सैनिक रुसी सेनाका लागि वैध लक्ष्य हुनेछन्।” सन्डे टेलिग्राफसँगको अन्तर्वार्तामा शाप्सले शुक्रबार बेलायती सेना प्रमुखहरूसँगको छलफलपछि युक्रेनभित्र सैन्य तालिम दिने अवसर रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *