डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थालेपछि निजगढका किसानले आगो लगाए

डिसी नेपाल
१६ असोज २०८० १४:५१

बारा। कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ- ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन्।

उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् ।

वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे पछि आफूहरु समस्यामा परेको निजगढ-९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए । ऋण काढेर लगाएको धान फल्दै नफले पछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।

यता निजगढ- ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए । उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिए पछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।

बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताए पछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *