एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुंगाे लाग्ने

डिसी नेपाल
१७ असोज २०८० ७:५१

काठमाडौं। १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत मंगलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ। मंषलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ।

भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ। उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पदक तालिकाको पाँचौं स्थानमा रहेको छ।

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौं, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यका साथ सातौं, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौं, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौं तथा हङकङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औं स्थानमा रहेका छन्।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ।

महिला कबड्डीमा नेपालको पदकको टुंगाे लाग्ने

१९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुंगाे केहीबेरमा लाग्ने भएको छ। महिला कबड्डीतर्फ आज हुने इरान र बंगलादेशबीचको खेलबाट नेपालको पदकको टुंगाे लाग्ने छ। उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ। सो खेल बंगलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्ने छ।

नेपाल समूह ‘बी’ मा रहेको छ। उक्त समूहमा इरान र बंगलादेश समेत छन्। हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन्। नेपालले बंगलादेशलाई पराजित गरेको थियो। तर अर्को खेलमा नेपाल इरानसित पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *