लगातार ८ दिन घटेपछि बढ्यो सुनको मूल्य

डिसी नेपाल
१७ असोज २०८० १२:३४

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ। महासंघले लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य बढेको जानकारी दिएको हो। महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ। हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो।

सुनको मूल्य यही असोजको ८ गतेदेखि निरन्तर घट्न थालेको थियो। असोज ७ गते तोलामा १ लाख १२ हजार २०० रहेको सुनको मूल्य हिजो मंगलबारसम्म आइपुग्दा १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *