बैंककको सपिङ मलमा गोली चल्दा एक जनाको मृत्यु, १४ वर्षीय संदिग्ध पक्राउ

डिसी नेपाल
१७ असोज २०८० १५:२३

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककको एक सपिङ मलमा गोली चल्दा एक जनाको मात्रै मृत्यु भएको छ । यसअघि आपतकालीन केन्द्रका निर्देशकले आक्रमणमा तीन जनाको मृत्यु भएको मिडियालाई बताएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार छ जना घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर छ।

यस घटनामा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ । यद्यपी आक्रमणको कारण भने खुल्न सकेको छैन ।

प्रहरीले आक्रमणकारी १४ वर्षीय बालक रहेको बताएको छ, जो मल नजिकैको विद्यालयमा पढ्छन् ।

सुटिङ भएको मल निकै चर्चित छ र यहाँ आउने पर्यटकको ठूलो संख्या विदेशी रहेको छ ।

यसैबीच समाचार एजेन्सी रोयटर्सले मलबाहिर मिडियालाई सम्बोधन गर्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थिति अहिले नियन्त्रणमा रहेको बताएको छ।

अहिले मृतक र घाइतेको संख्या यकिन भएपछि मात्र जानकारी दिइने उनले बताए ।

एक प्रत्यक्षदर्शीले रोयटर्सलाई भने कि उनले छ वा सात गोलीका आवाजहरू सुने।

इजरायली पर्यटक शिर याहावले गोली चलेको आवाज सुन्नुअघि केही मानिसहरू बाहिर निस्केको देखेको बताइन्।

उनले आफू र अन्य केही व्यक्ति डेढदेखि दुई घण्टासम्म पसलमा लुकेर ढोका बन्द गरेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *