भारत–क्यानडा तनावमा अमेरिकाले भन्यो– आरोप गम्भीर छन्, छानबिन आवश्यक छ

डिसी नेपाल
१७ असोज २०८० १६:०१

काठमाडौं । अमेरिकाले खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतमाथि लगाइएको क्यानडाको आरोपलाई ‘गम्भीर’ भन्दै छानबिन गर्नुपर्ने बताएको छ ।

निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो । गत महिना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशको संसदमा खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्सीको हात हुनसक्ने बताएका थिए।

त्यसयता भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण छ । भारतले ट्रुडोको आरोप अस्वीकार गरेको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले पत्रकार सम्मेलनमा भने, ‘विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा उनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग यस विषयमा छलफल गरेका थिए । यो मामिलामा हामी ती दुई देशलाई उनीहरूको द्विपक्षीय मामिलामा कुरा गर्न छोड्नेछौं।’

किर्बीले भने, “यी आरोपहरू गम्भीर छन् र राम्ररी छानबिन गरिनुपर्छ। हामीले यसअघि पनि यस अनुसन्धानमा सक्रिय रूपमा सहभागी हुन भारतलाई अपील गरेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *