सिक्किममा ताल फुटे पछिकाे बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

डिसी नेपाल
१८ असोज २०८० ८:३३

दार्जिलिङ। सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।

सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर) भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ। टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन्।

यसैबीच, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले केही स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ।

उसका अनुसार सिक्किममा भीषण बर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हाे। जसका कारण जलविद्युत आयोजनाको ठूलो हिस्सा बगेर दर्जनौं मानिस बेपत्ता भएका छन्।

१७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ। बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखिएको छ। जसका कारण अचानक बाढी आएको हो।

सिक्किम सरकारले बाढीका कारण १४ जनाको मृत्यु भएको र १०२ जना बेपत्ता भएको बताएको छ। यसबाहेक २६ जना घाइते भएका छन्। बेपत्ताहरुको खोजी कार्य जारी छ। भारतीय सेना र उद्धारकर्मी मानिसहरुको खोजीमा जुटेका छन्।

अहिलेसम्म चानक आएको बाढीका कारण १४ जनाको मृत्यु भएको र उनीहरुको शव फेला परेको सिक्किम सरकारले जानकारी दिएकाे छ। उत्तर बंगालमा सयौं किलोमिटर टाढा तीन जनाको शव फेला परेको थियो भने अन्य पाँच जनाको शव सिक्किमको गोलितार र सिङ्ताम क्षेत्रमा भेटिएको थियो।

सिक्किममा भएको यस त्रासदीपुर्ण घटनामा भारतीय सेनाका २३ जना सैनिक पनि बेपत्ता भएका छन् । भारतीय सेना र स्थानीय अधिकारीहरूले सैनिकहरूको खोजी गर्न संयुक्त उद्धार अभियान सुरु गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *