गुण्डानाइके रिगललाई दिइएको आममाफीविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा
काठमाडौं । रिगल भनेर चिनिने गुण्डा नाइके योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।
गुण्डानाइके रिगललाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगलले हत्या गरेका पीडित चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
नेपालगञ्जका मानन्धरको २०७२ असार २९ गते हत्या रिगलले हत्या गरेका थिए । रिगल यो आरोपमा दोषी ठहर भएर सजाय भुक्तान गर्दै आएका थिए । उनलाई आममाफी दिइएपछि भारतीले आइतबार सर्वोच्चमा आममाफीविरुद्ध मुद्दा दायर गरेकी हुन् । यसअघि दुईपटक यो मुद्दा पेशीमा चढेपनि हेर्न नभ्याईनेमा परेको थियो ।
श्रीमानलाई खुँडा प्रहार गरेर हत्या गर्ने ढकाललाई आममाफ दिएपछि भारतीले प्रतिवादमा आमरण अनसन थालेकी छिन् । उनी मंगलबार न्यायका लागि काठमाडौं आएकी हुन् । माइतीघरमा आमरण अनसनमा बसेकी उनी बेहोस भएपछि उनलाई हिजो वीर अस्पतालमा भर्ना गरिएको थियो ।
Facebook Comment