आमिर खानको फिल्ममा सनी देओलले मुख्य भूमिकामा निभाउने

डिसी नेपाल
१८ असोज २०८० १३:००

काठमाडौं । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर १९४७’ मा सँगै आउँदैछन् । आमिर खानले एक्समा यो घोषणा गरेका हुन् । ‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा हुनेछन् ।

आमिर खानले खानले भनेअनुसार उनी र उनको टोली देओल र सन्तोषीसँग काम गर्न उत्साहित छन्। दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन् तर यो प्रोजेक्टका लागि उनीहरु पहिलो पटक एकसाथ आउँदैछन् ।

सन्तोषीको फिल्म ‘घायल’, ‘घातक’, ‘दामिनी’मा सन्नी देओल देखिएका थिए भने आमिर खान ‘अंदाज अपना अपना’मा देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *