भारत सरकारले संचार संस्था र पत्रकारलाई धरपकड गरेपछि अमेरिकाले के भन्यो ?
काठमाडौं । समाचार वेबसाइट न्यूजक्लिकसँग सम्बद्ध पत्रकारको घरमा छापा मार्ने र गिरफ्तार गरेको समाचार र चीनले यो अनलाइन पोर्टललाई आर्थिक सहयोग गरेको आरोपमा अमेरिकाले आफू पारदर्शी लोकतन्त्रमा मिडियाको बलियो भूमिकाको पक्षमा रहेको बताएको छ ।
अमेरिकी विदेश विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले भने ‘अमेरिकी विदेश विभागले चिनियाँ सरकारसँग न्यूजक्लिकको सम्बन्धको बारेमा “दावीहरूको सत्यता” मा टिप्पणी गर्न सक्दैन।’
पटेलले दैनिक ब्रिफिङका क्रममा अमेरिकी सरकारले यसअघि भारत सरकार र अन्यसँग पत्रकारको अभिव्यक्ति स्वतन्त्रतालगायतका मानवअधिकारको सम्मान गर्ने विषयमा छलफल गरेको बताए ।
‘द हिन्दू’ पत्रिकाले आफ्नो एउटा समाचारमा अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्तासँग कुरा गरेको जनाएको छ ।
न्यूजक्लिक विरुद्धको आरोपमा प्रवक्ताले भने, “हामीले भारत सरकारलाई अनलाइन र अफलाइन अभिव्यक्ति स्वतन्त्रता सहित पत्रकारहरूको अधिकारको सम्मान गर्न अपील गरेका छौं।”
प्रवक्ताले “द हिन्दू” लाई भने ‘अमेरिकी प्रशासनलाई न्यूजक्लिकसँग चिनियाँ लिङ्कहरू रहेको आरोपको बारेमा थाहा छ । तर, प्रवक्ताले ती दावीहरूको सत्यतामा टिप्पणी गर्न अस्वीकार गरे। उनले पारदर्शी लोकतन्त्रमा मिडियाको भूमिकालाई अमेरिकी राष्ट्रपतिको दृढ समर्थन रहेको बताए ।
Facebook Comment