सिरहाको कल्याणपुरमा जनप्रतिनिधिबीच झडप, ६ सुरक्षाकर्मीसहित दर्जनौं घाइते

डिसी नेपाल
१८ असोज २०८० १९:४८

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवादमा सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको छ ।

जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार जनप्रतिनिधिहरुको विवादले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बन्दा हवाई फायर गर्नुपरेको हो । नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच विवाद हुँदा झडप भएको र सोही झडपको कारण प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।

दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन् । झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गसिकेको छ । झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं स्थानीय व्यक्तिहरु घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *