जोखिम मोल्ने आँट भएका विश्व कीर्तिमानी कान्छा आरोही मिङ्मा डेविड शेर्पा (भिडियाे)

डिसी नेपाल
१९ असोज २०८० १३:२३

काठमाडौं। मिङ्मा डेविड शेर्पाले सानो उमेरमै विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटै हिमशिखर सफल आरोहण गरेका छन्।

उनले सबैभन्दा बढी पटक माउन्ट केटुको सफल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका छन् भने १४ मध्ये १३ वटा हिमशिखरमा बिना अक्सिजन सफल आरोहण गर्ने कीर्तिमानी पनि हुन्।

यस अघि पाँचौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो हिमशिखर माउन्ट केटुको फेरि छैटौं पटक सफल आरोहण गरेर आफ्नै रेकर्ड समेत तोडेका हुन्।

सानो उमेरमै सगरमाथाबाट आरोहण यात्रा तय गरेका ३४ वर्षीय उनले अहिले विश्वका आठ हजारभन्दा अग्ला हिमशिखरहरुको सफल आरोहण गरिसकेका छन्।

सानो उमेरमै सगरमाथाबाट आरोहण यात्रा सुरु गरेका कीर्तिमानी आरोही शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने आरोही हुन्।पर्वतारोहीलाई पथप्रदर्शन कार्यबाटै हिमाल आरोहण थालेका उनी कान्छा आरोहीको रुपमा पर्वतारोहणमा क्षेत्रमा परिचित छन्।

उनको हिमाल आरोहणको साहसिक यात्रालाई निरन्तरता दिइरहेका छन्। उनले जोखिममा परेका हिमाल आरोहीहरु उद्धारकार्य समेत गर्दै आएका छन्।

साहसिक पर्वतारोहण यात्रासँग सम्बन्धित रहेर डिसी नेपालसँगकाे कुराकानीमा उनले पर्वताराहणमा जोखिमसँगै कडा मेहनतको आवश्यकता पर्ने बताउँछन्।

पर्वतारोहणमा ट्रेकिङ पेशाबाट सुरु गरेर आरोहीको रुपमा उदाएका शेर्पाले आफ्नो थप कीर्तिमानीका लागि आरोहण यात्रा जारी राख्ने बताउँदै अन्य पर्वतारोहणका लागि उनकोे इलाइड एक्सपेड कम्पनीमार्फत आरोहण गराउँदै आएका छन्। उनै शेर्पासँग डिसी नेपालका लागि शरद रिजालले गरेको  भिडियाे संवाद :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *