भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री दाहाल बझाङमा

डिसी नेपाल
१९ असोज २०८० १४:४६

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री दाहाल शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *