नोबेल शान्ति पुरस्कार पाएपछि मोहम्मदी इरानी मिडियाको निशानामा
काठमाडौं । इरानको जेलमा रहेकी कार्यकर्ता नरगिस मोहम्मदीले शुक्रबार नोबेल शान्ति पुरस्कार पाएको घोषणा गरेपछि इरानी मिडियाले उनको आलोचना गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी मिडियाले मोहम्मदीलाई ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’ र ‘इरान विरोधी गतिविधिमा संलग्न भएको’ आरोप लगाएको छ।
५१ वर्षीया पत्रकार तथा कार्यकर्ता नरगिस मोहम्मदीले विगत दुई दशकको अधिकांश समय विभिन्न आरोपमा जेलमा बिताएकी छन् ।
उनीमाथि सरकार विरोधी प्रचार गरेको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप पनि लागेको छ । उनी अन्तिम पटक नोभेम्बर २०२१ मा जेल परेकी थिइन्।
यसैबीच इरानका विदेशमन्त्री नासेर कनानीले मोहम्मदीलाई नोबेल पुरस्कार दिने निर्णय पक्षपाती र राजनीतिक भएको बताएका छन् ।
यसै क्रममा इरानी मिडियाले नरगिस मोहम्मदी र नोबेल पुरस्कार समितिको आलोचना गरेका छन् ।
Facebook Comment