इजरायलमा ५ हजार रकेट प्रहार गरेपछि हमास प्रमुखले के भने ?
काठमाडौं । शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको थियो। गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ ।
इजरायलले दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ।
हमासका प्रमुख मोहम्मद डाइफले यी आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले यो आक्रमण पर्याप्त छ भनी घोषणा गर्ने निर्णय गरेका छौं।’
हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ ।
डाइफले भने, “हामीले दुश्मनलाई पहिले नै चेतावनी दिएका छौं। इजरायली कब्जाकर्ताहरूले हाम्रा नागरिकहरू विरुद्ध सयौं नरसंहार गरेका छन्। यस वर्ष कब्जाकर्ताका कारण सयौं मानिस शहीद र घाइते भएका छन् ।”
“हामी अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्छौं। हामी घोषणा गर्छौं कि दुश्मनको लक्ष्य, एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमणमा, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरिएको छ।
Facebook Comment