हमासको आक्रमणमा इजरायलमा कम्तीमा २२ जनाको मृत्यु
काठमाडौं । इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्।
अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ ।
चरमपन्थी संगठन हमासले आइतबार बिहान इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण गरेको छ । हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध हो र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment