इसरोले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने
बेङ्गलुरु । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ ।
इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।
गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल (टिभी–डि वान) को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।
प्रतिक्रिया
Facebook Comment