पुरातात्विक स्थलको रूपमा रहेको खप्टे डाँडामा उत्खनन्
लहान। सिरहाको लहान नगरपालिका-२४ मा रहेको खेसराहास्थित खप्टे डाँडा पुरातात्विक पहिचानको रूपमा परिचित भएपनि यस ठाउँमा उत्खनन्काे प्रयास गरिएको छ।
ग्रावेल निकासीको लागि आउने तिफर चालक लगाएतका व्यक्तिलाई बस्नका लागि यस ठाउँमा यतिबेला धमाधम घर टहरा बनाइँदै छ। धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको माणिक दहदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको खप्टे डाँडा पुरातात्विक महत्वको स्थान मानिन्छ। यस ठाउँमा विगतका वर्षहरुमा पुरातात्विक विभागले गरेको खोज अनुसन्धानका वस्तुहरू अझै पनि सुरक्षित रहेको छ।
यस ठाउँमा भइरहेको उत्खनन् प्रयासका बारेमा जिल्ला सनवन्य समिति सिरहाका प्रमुख दिनेश महतोले उत्खनन् विषयमा आफू र आफ्नो कार्यालयलाई कुनै जानकारी नभएको बताए। स्थानीयको आँखा छल्दै यस ठाउँमा डिप ट्वेलको समेत ब्यबस्थापन गरेर धमाधम टहराँहरु बनाउँदै गरेपछि स्थानीयले उक्त कार्यको बिरोध जनाएका हुन्।
ऐनमा व्याख्या गरिए बमोजिमका वस्तुहरू यस ठाउँमा विगतका वर्षहरूमा पाइएको अवस्थामा केही व्यक्तिहरूको निहीत स्वार्थका कारण यस ठाउँमा ग्रावेल माटो निकासीका लागि ठाउँ ठाउँमा जेसिवीको प्रयोगले खाल्डो खनेर स्वायल टेस्ट गरी हेरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७२ का विभिन्न दफा उपदफामा स्थानीय सम्पदा र संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको अधिकार क्षेत्रमा रहने व्यवस्था गरेको छ।प्राचीन स्मारक संरक्षण ऐन २०१३ मा स्थानीय सम्पदाहरूको संरक्षणको दायित्व प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था छ।
नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका जबाफदेही बोक्ने निकाय पुरातत्व विभागको बिना स्वकृती उत्खनन् गर्नु गराउनु कानुन विपरित कार्य भएको अवस्थामा उक्साहट र राजनीतिक दम्बमा उत्खनन प्रयासमा लाग्नु कानून विपरित कार्य मानिन्छ।
Facebook Comment