छोरीको विवाह गर्न अमेरिका आएकी अप्सरा आफैं थलिइन्, सहयोगको अपिल
ओहायो। नेपालबाट छोरीको विवाह गर्न अमेरिका आएकी अप्सरा आचार्य भट्टराई आफ्नै स्वास्थ्य समस्यामा परेर अस्पतालको आपतकालीन कक्षमा भर्ना भएकी छिन्।
सेप्टेम्वर २२ मा आइपुगेकी उनी अमेरिका आएको हप्तामा नै आफ्ना दुबै किड्नीमा समस्या आई अस्पताल भर्ना भएकी हुन्। अमेरिकामा पढ्न आएकी छोरीको विवाह दशैंको अवसर पारेर गर्ने गरी अप्सरा छोरीको डेरा ओहायो आएकी थिइन्।
अप्सराकी भतिजी प्रगति पौडेलले सार्वजानिक गरेको विवरणअनुसार, अप्सरा यतिबेला ओहायोको कोलम्बसस्थित एउटा अस्पतालको इमर्जेन्सी कक्षमा उपचार छिन् र किड्नीको उपचार खर्च परिवारले धान्न नसक्ने गरी महँगो छ।
दुबै मृगौला फेल भएका कारण डाइलासिस गर्नु पर्ने र यो प्रक्रिया हप्तामा तीन दिनसम्म गर्नुपर्ने भएकाले सामान्य परिवारका लागि आर्थिकरुपले ठूलो भार हो।
प्रगतिले सार्वजानिक गरेको विवरणअनुसार, अप्सराको डाइलासिसका लागि एकपटकमा पाँचसय अमेरिकी डलरदेखि १५ सय अमेरिकी डलरसम्म लाग्ने र यो काम हप्ताको तीनपटकसम्म गर्नुपर्ने हुन्छ। त्यसैले प्रगतिले अप्सराको उपचारमा सहयोग पुर्याउन गो फण्ड मी खोलेकी छिन् र सहृदयी माहानुभावहरुसमक्ष सहयोगको अपिल समेत गरेकी छिन्।
उनका अनुसार, इमर्जेन्सी कक्षमा उपचार पछि सामान्य कक्षमा उपचार गर्दा पनि डाइलासिस गर्नु पर्ने र विमारी केही स्टेवल भएपछि परिवारले नेपाल नै लगेर मृगौला प्रत्यारोपण गर्न चाहेको छ। अप्सरालाई सहयोग गर्न चाहनेले तलको लिंकमा क्लिक गरेर सहयोग गर्न सकिने छ।
Facebook Comment