अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

डिसी नेपाल
२२ असोज २०८० ८:३२

काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

 

तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।

अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्यांक सार्बजनिक गरेको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन्। उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ।

‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ। र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे। प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो।

संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्यांकनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको संकेत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *