अपर तामाकोशीको हकप्रद सेयरका लागि आजबाट आवेदन बन्द हुने

डिसी नेपाल
२२ असोज २०८० ११:१२

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो। आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ।

सीडीएसका अनुसार यसमा आइतबार असोज २१ गते साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ जना सेयरधनीले २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन्। यसर्थ, अझै ७ करोड ६७ लाख ४३ हजार २२६ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ।

अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो। जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन्।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो।

अपर हकप्रद सेयरमा समय थपेर आजसम्म कायम गरेको हो । थपिएको समय पनि अब आजबाट सकिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *