गाजाका एक बासिन्दाले भने, “अस्पतालहरू बधशाला बनिसकेका छन्”
काठमाडौं । गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूले इजरायली हवाई आक्रमणका कारण निराशाजनक अवस्था सिर्जना भएको बताएका छन् ।
एक सहायता कार्यकर्ता महमूद शालाबीले गाजाको ठूलो अस्पताललाई वधशालासँग तुलना गरे। गाजामा बीबीसी संवाददाताले अवस्थालाई विनाशकारी वर्णन गर्दै सबै पसलहरू बन्द र सडकहरू सुनसान भएको बताए।
गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर मेधात अब्बासले गाजाको अवस्था पहिले नै नाजुक, अत्यन्त नाजुक रहेको बताए। उनले भने ‘जनता पीडामा छन्, बेरोजगार छन्, गरिब छन्, यस्तो सैन्य अभियान चल्यो भने धेरै नागरिक यसको प्रभावमा पर्छन् ।’
“उनीहरूले नागरिक क्षेत्रमा आक्रमण गरिरहेका छन्,” उनले भने “तपाईंले कुनै पनि सैन्य लक्ष्यहरूलाई लक्षित गरेको देख्नुभएको छैन। मेरो मतलब यो समस्या नागरिक क्षेत्र र आवासीय क्षेत्रहरूमा आक्रमण गरिनु हो । यो गाजा पट्टीमा हामीले सामना गरिरहेको प्रकोप हो र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायमा कसैले यसलाई रोक्न सक्दैन। तपाईलाई थाहा छ मानिसहरूले हामीलाई मरेको हेरिरहेका छन् र अन्तर्राष्ट्रिय समुदायले केही गरिरहेको छैन।”
स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेसम्म तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा धेरै सर्वसाधारण पनि छन्। इजरायलले हमास कमाण्डरहरूको घरलाई निशाना बनाएको बताएको छ।
Facebook Comment