युद्धगस्त क्षेत्रबाट इजरायलको सेनाद्वारा ३२ नेपालीको उद्धार (सूचीसहित)

काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासले आक्रमण गरेको इजरायलको युद्धगस्त क्षेत्रबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ । इजरायली सेनाले आज अलपत्र परेका उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको हो ।
बंकरमा लुकेर रहेका उनीहरुलाई सेनाले उद्धार गरी इजरायलको प्रमुख शहर तेल अविवमा लगेर राखेको छ । उद्धार गरेका केहीलाई भने बेतकाम क्षेत्रमा राखेको बताइएको छ । आक्रमणमा परि १० नेपालीको मृत्यु भएको थियो भने केही घाइते भएका छन् । एकजना सम्पर्क विहिन रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment